शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

काश्मिर प्रदेशको सत्तारुढ गठबन्धनबाट भाजपा बहिरियो

दैनिक नेपाल २०७५ असार ६ गते ६:१२

नयाँदिल्ली, ६ असार । भारतको केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी ९भाजपा०ले मंगलबार काश्मिर प्रदेशको सत्तारुढ गठबन्धन तोडेको छ ।

आफूहरूले अपेक्षा गरेअनुसार गठबन्धन सरकारले काम गर्न नसकेकाले गठबन्धनमा बसिरहन सक्ने अवस्था नरहेको भाजपाले जनाएको छ ।

आतङ्कवाद र हिंसा अन्त्यका लागि पनि प्रभावकारी भूमिका सरकारले खेल्न नसकेको भाजपाका नेताहरूको भनाई छ ।

नयाँ दिल्लीमा पत्रकारहरूसँग कुराकानी गर्दै भाजपाका वरिष्ठ नेता राम माधवले प्रधानमन्त्री नरेन्द्र मोदी र पार्टीका केन्द्रीय अध्यक्ष अमित शाहसँगको परामर्शमै गठबन्धन तोडिएको जानकारी दिए ।

उनले भने, ‘आज त्यहाँ हिंसात्मक घटना र आतङ्कवादीहरू बढीरहेकै छन्, त्यसतर्फ केही काम हुन सकेन ।’

नागरिकका आधारभूत अधिकारहरूको सुनिश्चितता नभएको र पाकिस्तानसँगको समस्या समाधान गर्न पनि नसकेकोले गठबन्धनमा बस्नुको औचित्य नरहेको उनले बताए । एएफपी

प्रतिक्रिया
सम्बन्धित