३ कार्तिक २०८३, मंगलबार

जापानद्वारा कोलम्बियामाथि २-१ को रोमाञ्चक जित

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ असार । रसियामा जारी २१ औँ संस्करणको फिफा विश्वकपको मंगलबार भएको खेलमा एसियाली राष्ट्र जापानले कोलम्बियालाई हराएको छ ।

समूह एचको पहिलो खेलमा जापानले कोलम्बियालाई २-१ गोल अन्तरले हराउदै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जापानका लागि सिन्जी कागवा र ओसाकोले गोल गरे । खेलको तेस्रो मिनेटमै रातो कार्ड पाएर कार्लोस सान्चेज बाहिरिएपछि १० खेलाडीमा सिमित बनेको कोलम्बियाका लागि जुआन कुडार्डोले ३१ औँ मिनेटमा गोल फर्काएका थिए ।

पहिलो हाफ बराबरीमा सकिएको खेलमा जापानका ओसाकोले ७३ औँ मिनेटमा ओसाकोले गोल गर्दै एसियाली राष्ट्रलाई महत्वपूर्ण जित दिलाए । उनले हेडमार्फत गोल गरेका हुन् ।