३ कार्तिक २०८३, मंगलबार

दुई राप्रपाबीच आज वार्ता हुँदै, पार्टी एकीकरणमा सम्वाद हुने

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)बीच पार्टी एकीकरणको पहल शुरु भएको छ ।

पार्टी एकीकरणका बारेमा दुई राप्रपाबीच मंगलबार वार्ता हुँदैछ । वार्ता बिहान एघार बजेपछि काठमाडौंमा हुनेछ ।

पार्टी एकीकरणका लागि कार्यदल समेत बनि सकेको छ । राप्रपा (प्रजातान्त्रिक)को कार्यदलको संयोजक दीपक बोहोरा हुन् । राप्रपाले वुद्धिमान तामाङलाई वार्ता टोलीको संयोजक बनाएको छ ।

राप्रपा (प्रजातान्त्रिक)को कार्यदलको सदस्यहरूमा बिक्रम पाण्डे, सुनिलबहादुर थापा र ठाकुरप्रसाद शर्मा रहेको प्रवक्ता किरण गिरीले जानकारी दिए ।

राप्रपाबाट वार्ता टोलीको सदस्यमा टंक ढकाल र राजेन्द्र लिङदेन रहेका छन् ।