४ कार्तिक २०८३, बुधबार

‘सर्वहारा’को साथमा १२ वर्षपछि तिलक (भिडियो सहित)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । सल्यानको शारदा नगरपालिका, वडा नम्बर १ मा जन्मिएका गायक तिलक सल्यानी करिब १२ वर्षपछि संगीत क्षेत्रमा पुनः फर्किएका छन् । एक दर्जन बढि गीतहरु निमार्ण गरेका सल्यानिले नयाँ गीत बजारमा पठाएका छन् ।

सानै उमेरदेखि गायनमा रुचि राख्ने गायक सल्यानी २०५५ सालबाट कलकारिताको क्षेत्रमा आएका हुन । उनीसँग एउटा चेतना मुलक समाजिक चलचित्र निमार्ण, निर्देशन तथा लेखन समेत गरेको अनुभव छ ।

धिताल फिल्मस् प्रालिको प्रस्तुतीमा गायक तिलक सल्यानीको आधुनिक गीत ‘सर्वहारा’ बजारमा आएको छ । जुन गीतमा तिलक सल्यानीकै शब्द, संगीत, स्वर रहेको छ । चर्चित निर्देशक होम धितालको निर्देशन रहेको यस गीतमा मरुभूमि नारायणले छायांकन गरेका हुन ।

मनिश श्रेष्ठको कोरियोग्राफी गरेका हुने भने रोशन धितालले उक्त गीतको भिडियो सम्पादन गरेका हुन ।  गीतको भिडियोमा मनिष श्रेष्ठ, रिना थापा मगर, निरेन श्रेष्ठको अभिनय देख्न सकिन्छ ।