२१ कार्तिक २०८३, शनिबार

एअर एम्वुलेन्सले जोगायो सुत्केरीको ज्यान

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-नृपराज हमाल

हुम्ला, २ असार । हुम्लामा एअर एम्बुलेसबाट सुत्केरी हुन नसकेकी महिलाको उद्धार गरिएको छ । चंखेली गाउँपालिका वडा नं ३ मेखालाकी २४ बर्षिया कल्पना रोकायाको स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी गराउन नसकिने भएपछि हेलिकप्टरबाट उद्धार गरि जिल्ला अस्पताल सिमकोट ल्याइएको हो ।

शुक्रवार राती १० बजे सुत्केरी व्यथा लागेकी उनलाई स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले सुत्केरी गराउन नसकेपछि उद्धार गरि सिमकोटमा ल्याइएको जिल्ला अस्पताल हुम्लाका प्रमुख डा. रञ्जितकुमार यादवले जानकारी दिए ।

जिल्ला अस्पतालमा ल्याएपछि उनलाई सामान्य रुपमा सुत्केरी गराईएको साथै आमा र बच्चाको अवस्था सामान्य रहेको डा. यादवले बताए । पहिला घरमै सुत्केरी गराउन खोज्ने तर अन्तिम अवस्थामा मात्र स्वास्थ्यकर्मीलाई खबर गर्ने कारणले गर्भवती महिलालाई जोखिम रहेको यादवले बताए ।

सरकारले कर्णालीका महिलाहरुलाई सुत्केरी हुन नसकेमा एअर लिफ्टिङ मार्फत सुविधा सम्पन्न अस्पतालमा थप उपचारको लागि निशुल्का लग्ने व्यवस्था गरेको भएपनि स्थानीय स्तरमा यसवारे थाहा नहुँदा सुत्केरी महिलाहरुको ज्यान जाने गरेको छ । यस अघि गतबर्ष चैत १४ गते खार्पुनाथकी एक महिलालाई घरमै सुत्केरी गराउँदा उच्च रक्तश्रावका कारण ज्यान गएको थियो ।