शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

नेपाली केटीहरूले रोनाल्डो मन पराउनुको मनोवैज्ञानिक कारण के हो ?

दैनिक नेपाल २०७५ असार २ गते १३:०४

काठमाडौं, २ असार । अभिनेत्री श्वेता खड्का अर्जेन्टिनाको समर्थनमा छिन् तर गएराती पोर्चुगल र स्पेनको खेलमा क्रिश्चियानो रोनाल्डोले ह्याट्रिक गरेपछि खुशी साट्दै फेसबुकमा लेखिन् – किङ् भनेको किङ हो । त्यतिमात्र होइन खेल हेरिरहँदा उनले फेरि लेखिन्,‘डन्ट अन्डरस्टिमेट द पावर अफ रोनाल्डो ! अर्थात् रोनाल्डोको ताकतलाई नजरअन्दाज नगर ।’

‘फिलिङ एमाजिङ’ लेख्दै खेल चलिरहेका बेला गायिका मञ्जु पौडेलले लेखिन्,‘ह्याट्रि बाई रोनाल्डो !’ उनको लेखाईमा पनि रोनाल्डोको गोलको खुशी देखिन्थ्यो ।

मोडल प्रमिला कार्कीले पनि फूटबल हेर्दैगर्दा पोर्चुगलको गोलसँगै लेखिन्, ‘यो हो नि त लाइन । रोनाल्डो भनेको रोनाल्डो हो ।’ यी केही उदाहरण मात्र हुन् । नेपालका अधिकांश युवतीहरूले रोनाल्डोको गोलको चर्चा गर्दै उनको तस्बिर फेसबुकमा पोस्ट गरे । तर त्यहिँ स्पेनका तर्फबाट निक्कै उत्कृष्ट गोल गरेका डिएगो कोस्टाका बारेमा एसीयाका प्राय खेलप्रेमी युवतीले केही लेखेनन् । त्यहाँ माथि नेपालका युवतीले झनै लेखेनन् । कारण– कोस्टालाई चिन्ने कम छन् भन्नेमात्र होइन, कोस्टासँग रोनाल्डोको जति ‘कन्ट्रोभर्सी’, दम्भ, पैसा र शरीर छैन ।

रोनाल्डो किन मन पर्छ ? एकजना सर्वसाधारण युवती करिश्मा कार्कीले भनिन्,‘हिरो भन्दा राम्रा छन् । उनको चर्चा धेरै हुन्छ । ह्यान्डसम हंक हो, रोनाल्डो ।’ कार्कीलाई पोर्चुगलका अन्य खेलाडीको नाम थाहा छैन । गोल एकजनाले गरे पनि त्यसका लागि ११ खेलाडीको सपोर्ट हुन्छ भन्ने मान्यता युवतीले राख्दैनन् । खेल क्षेत्रमा गोल गर्नेभन्दा गोलका लागि पास दिने महत्वपूर्ण खेलाडी हुन्छ भन्ने पनि कतिपय रोनाल्डो फ्यान युवतीलाई थाहा छैन ।

नेपाली युवतीहरूमात्र होइन, दक्षिण एसीया र एसीयाकै युवतीहरूले कुनै पनि युवामा हरप्रकारको शक्ति देख्न चहान्छन् । सुन्दरता र धनाड्यको मामलामा जो अगाडी छन्, त्यसैको पछि लाग्ने मनोवैज्ञानिक कारणले काम गरेको हुन्छ ।

यसकारण युवतीहरू रोनाल्डोका फ्यान ज्यादा हुन्छन् । विश्वविख्यात रोनाल्डोको खेल कौशलताले मात्रै उनीहरू फ्यान भएका होइन, चर्चा परिचर्चा उनको दैनिक जीवनदेखि शारिरीक बनोटले पनि युवतीलाई आकर्षणमा पारेको बताउँछन् मनोवैज्ञानिकहरू ।

प्रतिक्रिया
सम्बन्धित