२१ कार्तिक २०८३, शनिबार

नेपालगञ्जमा इदको सामूहिक नमाज

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-आकाश देबकोटा

बाँके, २ असार । इस्लाम धर्मावालम्वीहरुको पवित्र महिना रमजानको अन्तिम दिन नेपालगञ्जमा इस्लाम धर्मावलम्बीहरुले शनिवार धु्मधामका साथ इदुलफित्र (ईद) मनाएका छन् ।

विपी चौकमा रहेको ईदगाहमा हजारौँ ईस्लाम धर्मावलम्बीहरुले एकसाथ नमाज पढ्दै मुलुकमा स्थायी शान्ति तथा अमनचयन र समृद्धिको कामना गरेको मुस्लिम धर्मगुरु मौलाना जब्बार मञ्जरीले बताए । नमाज पढ्नका लागि ईदगाहमा नअटाएपछि विपी चौक र घरका छतछतबाट पनि ईस्लाम धर्मावलम्बीहरुले नमाज पढेका छन् । नेपाल सरकारका शहरी विकास मन्त्री मो. ईस्तियाक राईन सामुहिक नमाजमा सहभागी भएका थिए ।

ईदको नमाज पढ्न बालकदेखि वृद्ध सम्म सहभागी भएका थिए । ईदको शुभकामना आदानप्रदानका लागि गैर ईस्लाम धर्मावलम्बीहरु समेत ईदगाहमा पुगेर गला मिलाएर ईद मुबारकको कामना गरेका छन् । हिजरी सम्वतको ८ औं महिना रजबुल मुरज्जबको समाप्तीको भोलीपल्टदेखि रमजानुल मुबारकको महिना शुरु हुन्छ । अन्तिम दिन ईदको रुपमा मनाईन्छ ।

रमजानको महिनामा इस्लाम धर्मावलम्वीहरु बिहान सूर्य उदाएदेखि सूर्यास्त नहुँदासम्म प्रत्येक दिन एक महिनासम्म केही नखाइकन व्रत बस्ने गर्छन् । हिजरी सम्वतको १२ महिना मध्ये रमजानुल मुबारक पवित्र र एवादत (उपासना) गर्ने महिना समेत हो । रमजान महिनामा दिनभरीको रोजा समाप्त गर्ने बेलामा सामूहिक रुपमा बसेर खाने प्रचलन रहेको छ ।