मस्को, २ असार । रुसमाजारी विश्वकप फुटबलअन्तर्गत आफ्नो पहिलो खेलमा दुई पटकको विश्व विजेता उरुग्वेले इजिप्टलाई १–० गोलले हराएको छ ।
समूह ‘ए’अन्तर्गतको यस खेलको ९० औं मिनेटमा जोसे मारिया जिमिनेजले हेडमार्फत गोल गरे । यी रक्षकले कर्नरबाट आएको बललाई हेडमार्फत पहिलो बारको दिशा दिएका थिए ।
इजिप्टका स्टार स्ट्राइकर मोहमद सलाह बेन्चमै सिमित रहे । उरुग्वेका स्ट्राइकर लुइस स्वारेजले दुई वटा राम्रा अवसर गुमाए । पहिलो हाफमा स्वारेजले नजिकैबाट खाली पोष्टमा गोल गर्न सकेनन् । दोस्रो हाफमा स्वारेजले गोलरक्षकसँग वन भर्सेस वनमा गोल गर्न सकेनन् ।
दोस्रो हाफमा हाफमा उरुग्वेकै एडिन्सन काभानीले डीबक्सबाहिरबाट प्रहार गरेको हाफ भली इजिप्टका गोलरक्षकले उत्कृष्ट बचाउ गरे । लगत्तै उनले डीबक्सबाहिरबाट गरेको फ्रिकिक सेकेन्ड बारमा लागेर फर्किएको थियो । एजेन्सी















प्रतिक्रिया