२१ कार्तिक २०८३, शनिबार

करेन्ट लागेर भारतीय मजदूरको मृत्यु

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उर्लाबारी, मोरङ, १ असार ।  मोरङको बूढीगंगा गाउँपालिका–१ स्थित आरती स्ट्रिप्स प्रालिमा गएराति करेन्ट लागेर एकजना मजदूरको मृत्यु भएको छ ।

उद्योगमा काम गरिरहेका बेला करेन्ट लागेर घाइते भएका भारत, सीतामढी घर भएका २३ वर्षीय रन्जन कुमारको उपचारका क्रममा मृत्यु भएको हो ।

राति १०ः३० बजे मेशिन चलाउने क्रममा करेन्ट लागेर घाइते भएका रन्जनलाई उपचारका लागि नोबेल अस्पताल लगिएकोमा उहाँको सोही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय निमुवा, मोरङले जनाएको छ । –रासस