शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

सरकारी कोटामा कोरिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

दैनिक नेपाल २०७५ जेठ ३० गते १८:०८


काठमाडौँ, ३० जेठ । कोरियामा सरकारी कोटामा १ वर्षको लागि पठाउने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले नौ जना व्यक्तिबाट ७९ लाख ६५ हजार ८ सय रुपैयाँ ठगी गर्ने लमजुङ दुर्दी गाउँपालिका–२ घर भई ललितपुर महानगरपालिका ४ बस्ने ५३ वर्षका मिनबहादुर थापा र काठमाडौँ ९ बस्ने ३५ वर्षका जोसेफ श्रेष्ठलाई पक्राउ गरेको हो ।

थापालाई ललितपुरको लगनखेलबाट र श्रेष्ठलाई काठमाडौँको पुतलीसडकबाट पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित