शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

यी हिरोइन : एक समय हिट भए, अहिले कता–कता गए ?

दैनिक नेपाल २०७५ जेठ ३० गते १५:०६

काठमाडौं । नेपाली अभिनेत्रीको फिल्म क्षेत्रको चल्ने आयु धेरैमा १० वर्ष । चरित्र अभिनेत्री भएरै लाग्नेहरूभन्दा फरक नै हुन्छ, यीनको जीवन । त्यहाँमाथि नेपाली फिल्म उद्योगमा टिक्नु नै एउटा साहस हो ।

कुनै समय नेपाली फिल्ममा खुबै चलेका र हिट भएका हिरोइनहरू अहिले कहाँ–कहाँ छन् ? धेरै जसो विदेशमा बस्ने गरेका छन् । केही भने अन्य व्यावसायमा लागेर फिल्ममा पनि हात हालिरहेका छन् ।

राजेश हमालको पहिलो फिल्म युगदेखि युगसम्मकी अभिनेत्री कृष्टि मैनाली अहिले अमेरिकामा छिन् । एक समय फिल्म माथि फिल्म पाउने कृष्टि अमेरिकाको न्युयोर्क बसेको लामो समय भयो ।

अर्की अभिनेत्री पुजा चन्द पनि अमेरिकामा छिन् । भिष्मप्रतिज्ञा लगायतका विभिन्न फिल्ममा राम्रो अभिनय गरेकी पुजालाई करिश्मा मानन्धरको विकल्प मानिन्थ्यो । तर, उनी नेपालमा घरबार टुटाएर अमेरिकामा दोस्रो बिहे गरी बसेकी छन् ।

फिल्म अवतारबाट नेपाली रजतपटमा लामो समय सत्ता सम्हालेकी जल शाह पनि विदेशमै बस्छिन् । उनी जापानमा लामो समय बसिन् । केही समय अघि नेपाल आएकी जल शाह पनि विदेशै बस्छिन् ।

फिल्म देउताको अभिनयबाट चर्चामा आएकी अभिनेत्री सृजना बस्नेत भने नेपालमा छिन् । अन्य केही फिल्ममा अभिनय गरेकी उनको पनि चर्चा कम थिएन ।

प्रतिक्रिया
सम्बन्धित