
काठमाडौं । मंसिर १४ गते रिलिज डेट राखेको फिल्म चौका दाउको छायांकन सकिएको छ ।
आइटम गीतको छायांकन भर्खर सकिएको छ । अभिनेत्री बर्षा राउत यसमा लिड रोलमा भए पनि आइटम गीतमा उत्रिएकी नयाँ मोडलले उनलाई माथ दिएकी छन् ।
पुर्णेन्द्रु झाको निर्देशनमा बनेको फिल्ममा सन्तोष पन्त, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ ।
चलचित्रका मुख्य ४ पात्रहरू मस्ती गर्नका लागि डिस्को गएको समयमा यो गीत चलचित्रमा देखिने निर्देशक झाले जानकारी दिए छन् ।
आइटम गीतमा बर्षासँगै उत्रिएकी सोनिका केसीले नृत्य र प्रस्तुतीमा पनि माथ दिएकी छन् ।
















प्रतिक्रिया