४ कार्तिक २०८३, बुधबार

मोक्तान ‘बुगिबुगी’ को ‘टप–९’ भित्र पर्न सफल

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाठौं । चर्चित डान्स कार्यक्रम ‘बुगिबुगी’ मा सरोज मोक्तान टप ९ भित्र पर्न सफल भएका छन् ।

मोक्तानको ‘डान्स–स्किल’ र पफर्मेन्सबाट जुरी सदस्यहरू सन्तुष्ट छन् । त्यतिमात्रै नभएर सहभागी प्रतिष्पर्धी पनि उनको क्षमताको ठूलो प्रशंशक नै बनेका छन् । काभ्रेपलाञ्चोक स्थायी घर भएका मोक्तान सानैदेखि नृत्यमा रुचि राख्थे ।

मुलुककै सर्वाधिक ठूलो राशिको नृत्य प्रतियोगिताको टप ९ भित्र परेपछि अहिले उनको चर्चा स्वदेशमा मात्रै नभएर विदेशमा पनि चुलिँदो छ ।

मोक्तानलाई जिताउने अभियानमा उनका समर्थकहरू जुटिसकेका छन् । भोटिङ हरेक हप्ताको बिहीबार राति ८ बजेदेखि शुक्रबार दिउँसा १२ बजेसम्म खुल्ला हुन्छ ।

सरोजले भने, ‘म आज यत्रो ठूलो प्रतियोगितको टप ९ भित्र पर्न सफल भएको छु, यहाँसम्म आईपुग्नको लागि मलाई सबैको साथ र सहयोग रहँदै आएको थियो ।’

सरोजलाई भोटिङ गर्नको लागि नेपालमा हुनेहरूले मोक्तानको कोड नम्बर ०८ टाईप गरी ३५२२५ मा म्यासेज पठाउनु पर्नेछ ।

विदेशमा रहेकाहरुले एपी वानको एप्सबाट भोट गर्न सक्नेछन् । विदेशबाट भोट गर्नेहरूले एउटा अकाउन्टबाट जम्मा ५ पटकसम्म गर्न पाउने आयोजकले जनाएको छ ।