१ कार्तिक २०८३, शनिबार

भारतीय पूर्व प्रधानमन्त्री बाजपेयी उपचारका लागि अस्पताल भर्ना

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, ३० जेठ । भारतीय पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा भर्ना गरी अहिले उपचार भइरहेको छ ।

त्रियानब्वे वर्षीय पूर्व प्रधानमन्त्री वाजपेयी बिरामी भएको खबर पाए लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, काँग्रेस आइका अध्यक्ष राहुल गान्धी लगायतका भारतीय नेताहरूले सोमबार अकस्मात विरामी भई उपचारार्थ अस्पताल भर्ना भएका वाजपेयीलाई अस्पतालमा नै पुगी शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

प्रधानमन्त्री मोदी र गान्धी दुबैजना अस्पतालमा नै पुगेर वाजपेयीको स्वास्थ्य अवस्थाबारे बुझेका थिए । उनीहरूले पूर्वप्रधानमन्त्री वाजपेयीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।

ड्रविडा मसन्नेत्र काजागाम (डिएमके)का अध्यक्ष एम के स्टालिन तथा आन्द्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रवावु नाइडुले पूर्वप्रधानमन्त्री वाजपेयीको स्वास्थ्य अवस्थाप्रति मङ्गलबार चिन्ता व्यक्त गरे ।

स्टालिनले वाजपेयीको स्वास्थ्यबारे पाएको सूचनाबाट आफू अत्यन्तै चिन्तित बनेको भन्दै उनको शीघ्र स्वास्थ्य लाभका लागि ट्वीटर सन्देशमा उल्लेख गरेका छन् ।

स्टालिनले लेखेका छन्, ‘पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयी विरामी भई अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस अस्पताल भर्ना भएको खबरले मलाई चिन्तित तुल्याएको छ । उहाँको शीघ्र तथा पूर्ण स्वास्थ्य लाभका लागि कामना गर्दछु । मलाई विश्वास छ उहाँ छिट्टै स्वस्थ्य अवस्थामा घर फर्किनु हुनेछ ।’

मुख्य मन्त्री नाइडुले पनि आजै वाजपेयीलाई भेटी शीघ्र स्वास्थ्य लाभका लाथि भगवानसँग प्रार्थना गरेका छन् । ‘म पूर्व प्रधानमन्त्री वाजपेयीजीको स्वास्थ्यमा शीघ्र लाभ होस भनी भगवानसँग प्रार्थना गर्दछु’, उनले भनेका छन् ।

अस्पतालका वरिष्ठ चिकित्सक तथा प्राध्यापक आरती विजले विज्ञप्ति जारी गरी पूर्व प्रधानमन्त्री वाजपेयीको स्वास्थ्य स्थिर रहेको तर उपचारको नतिजा सकारात्मक देखिइरहेको बताए ।

प्राध्यापक विजद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘पूर्व प्रधानमन्त्री वाजपेयीको स्वास्थ्य अवस्था स्थिर छ । सवै मुख्य मापदण्डहरू स्थिर छन् । उहाँ सङ्क्रमण निको नहुँदासम्म अस्पतालमा नै रहनुहुनेछ ।’ वाजपेयी भारतीय जनता पार्टीको तर्फबाट प्रधानमन्त्री बन्ने पहिलो नेता हुन् । एएनआई