२१ कार्तिक २०८३, शनिबार

हामीलाई माग्ने भन्ने मन्त्री नै माग्ने हुन् : दृष्टिविहिन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २९ जेठ । नेपाल दृष्टिविहिन अपाङ्ग जागरण संघर्ष समितिले आफूहरुलाई माग्ने भन्ने मन्त्री नै आफै माग्ने भएको आरोप लगाएका छन् ।

कला र गला बेचेर गुजारा चलाउने आफूहरुलाई माग्ने भन्दै पशुपतिनाथ र बौद्धबाट मन्त्रीले हटाएकोमा आक्रोश पोख्दै उनीहरुले यस्तो आरोप लगाए । । पशुपति परिसरमा कला र गला प्रस्तुत गर्दै आएको तर पशुपति विकास कोष र महानगरीय प्रहरी मिलेर आफ्ना बाध्य बाद्यनका सामाग्री खोसिएकोमा उनीहरुको आक्रोश थियो ।

समितीका अध्यक्ष सुदिप वलीले अशक्त, अपाङ्ग, दृष्टिविहीनलाई राज्यले उचित न्याय दिनुपर्ने बताए । वलीले भने, ‘राज्यले हामीलाई न्याय दिनुप¥यो । पढेकालाई जागिर र नपढेकालाई भत्ताको व्यवस्था हुनुप¥यो । हामी माग्ने होइनौँ । हामीले आफ्नो कला र गला बेचेर गुजारा गरेका छौँ, यदि हामी माग्ने भए देशका सबै गायक माग्ने हुन, सबै नेता माग्ने हुन् । हामीले अपराध गरेका छैनौँ, सजाय दिने भए ती भ्रष्टाचारी र दलालीहरुलाई दिनुहोस हामीलाई होइन ।’

उनले भने, ‘हामीले बाँच्ने आधार बनाउन आफ्नो कला बेच्न पनि पाएनौँ । हाम्रा सामान लुटे, हामीलाई जबरजस्ती हातपात गरि लखेटियो, यो अत्यन्तै खेदजनक छ ।’