२१ कार्तिक २०८३, शनिबार

इदको विदा कटौती फिर्ताको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २९ जेठ । नेपाल मुस्लिम इत्तेहाद संगठनले गृहमन्त्री रामबहादुर थापासँग इदउल फित्र र इदउल अजहा पर्वमा सार्वजनिक बिदा दिन माग गरेको छ ।

संगठनका उपाध्यक्ष ताज मोहम्मद मियाँ, महासचिव जुनेद अन्सारीलगायतले मंगलबार मन्त्री थापालाई भेटेर काटिएका मुस्लिम पर्व कायम गराउन माग गरेका हुन् । सरकारले इदउल फित्र, इदउल अजहा र पछिल्लो पटक दिइएको मोहम्मद डेको सार्वजनिक बिदा कटौती गरेको छ ।

रमजान पर्व मनाइरहेका मुस्लिमहरुले आगामी साता इदउल फित्र मनाउनेछन् । वर्षाैँदेखि दिइदै आएको बिदा कटौतीले लाखौँ मुस्लिमको चित्त दुखेको भन्दै मियाँले पुनः बिदा घोषणा गर्न मन्त्री थापासँग आग्रह गरे ।

संगठनले सोमबार सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईसँग पनि बिदा कायम गराउन ध्यानकर्षण गरेको थियो । संगठनबाहेक कांग्रेस निकटको मुस्लिम संघलगायतले पनि बिदा कायम गराउन माग गरेका छन् ।