२१ कार्तिक २०८३, शनिबार

हवाई भाडा वृद्धिको विरोध गर्दै स्थानीय तहमा धर्ना

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-नृपराज हमाल

हुम्ला, २९ जेठ । हवाई भाडा वृद्धि बिरुद्ध पटक पटक जिल्ला प्रशासन कार्यालय मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि सुनुवाई नभएको भन्दै नागरिक संगठनहरुले मंगलवार हुम्लाका स्थानीय तहमा धर्ना दिएका छन् ।

हुम्लाको सिमकोटमा उडान गर्ने विमान कम्पनीहरुले जेठ १० गतेबाट नयाँ भाडादर कायम गरे लगत्तै भाडादर घटाउन गरिएको मागप्रति सरोकारवालाहरुले चासो नदिएको भन्दै हुम्लाका नागरिक संगठनहरुले चरणवद्ध आन्दोलन अन्तर्गत पहिलो दिन स्थानीय तहमा धर्ना दिएका छन् ।

संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिति २०७५ बैसाख २६ को निर्णय अनुसार ५४ प्रतिशत भाडा बढाउन दिएको स्वीकृति अनुसार सरकारी र निजी विमान कम्पनीहरुले हुम्लाको सिमकोट देखि नेपालगंजसम्म दुवै तर्फको हवाइ भाडा दरमा एकरुपता ल्याएसंगै बिरोध शुरु भएको छ । भाडादर एकरुपता ल्याउदै दुबैतर्फको ७ हजार एक सय नव्वे कायम गरिएको छ ।

जेठ ८, १३ र २२ गते पेश गरिएका माग सम्बोधन नभएकाले पहिलो चरणको आन्दोलनको घोषणा गर्नु परेको हुम्ला उद्योग बाणिज्य संघका अध्यक्ष नामग्याल तामाङ्गले बताए । दुवैतर्फको भाडा दर ५ हजार दुई सय नव्वे कायम गर्नुपर्ने अध्यक्ष तामाङ्गले बताए ।

यसअघि सिमकोटबाट नेपालगञ्जको लागि भाडादर ५ हजार दुई सय नव्वे रहेको थियो भने नेपालगञ्जबाट चार्टड र सहुलिएत गरि दुई किसिमका भाडादर कायम गरिएका थिए । जसमा सहुलियत दरमा ५ हजार दुई सय नव्वे र चाटर्डमा १० हजारभन्दा माथि भाडादर रहेको थियो ।

मंगलवार देखि ५ दिनको कार्यक्रम घोषणा गर्दै जिल्लाका स्थानिय तहमा धर्ना कार्यक्रम गरिएको छ । जेठ ३० जिल्ला प्रशासन कार्यालय घेराउ सहित धर्ना, जेठ ३१ गते सिमकोट बजार वन्द, असार १ गते कालोपट्टी सहित विमानस्थलको मुलगेटमा प्रर्दशन, असार २ गते विमान स्थल घेराउ सहित वन्द गरिने कार्यक्रम तय भएको हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नामाग्यल तामाङ्गले बताए । सर्घषका कार्यक्रम अनुसार आज स्थानीय तहमा धर्ना कार्यमक्रम गरिएको छ ।

हाल सिमकोट विमानस्थलमा तारा, समिट, सिता, मकालु र नेपाल एअरलाईन्सले उडान भर्दै आएका छन् । हुम्लाका राजनीतिक दल, उद्योग बाणिज्य संघ, निर्माण व्यवसायी संघ, होटेल व्यवसायी संघ, नेपाल प्राध्यापक संघ, नेपाल पत्रकार महासंघ र नागरिक समाज हुम्लाले आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् ।