२१ कार्तिक २०८३, शनिबार

यी तीनमध्य को बन्ला प्रधानन्यायाधीश ? संवैधानिक परिषदको बैठक बस्दै

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । प्रधानन्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषदको बैठक आज बस्दै छ ।

प्रधानमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष केपी ओलीले साँझ ५ बजे परिषद बैठक बोलाएका छन् ।

संसदका दुवै सदनको नियमावली पारित भएसँगै संसदीय सुनुवाई विशेष समिति गठनको बाटो खुलेपछि परिषद बैठकबाट प्रधान न्यायाधीशको नाम सिफारिस गर्न लागिएको हो ।

परिषदले नाम सिफारिस गरेपछि संसदीय सुनुवाई हुँदै राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

प्रधान न्यायाधीशका लागि यसअघि नै न्यायपरिषद सचिवालयले परिष्ठताका आधारमा दीपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्र शमसेर जबराको नाम पठाइसकेको छ ।