
काठमाडौँ, २८ जेठ । एनआईसी एशिया बैंकको सर्लाही जिल्ला बरहथवा नगरपालिका वडा नं ५, बरहथवामा स्थापित बरहथवा शाखा र बागमती नगरपालिका वडा नं १२, बागमतीमा स्थापित बागमती शाखाको उद्घाटन गरिएको छ ।
बरहथवाका उद्योग वाणिज्य संघका अध्यक्ष निरन्जन प्रसाद दासले बरहथवा शाखाको र बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले आइतबार बागमती शाखाको विधिवत् उद्घाटन गरे । यसका साथै झापा जिल्ला बिर्तामोड नगरपालिकाको गरामनी बजारमा बैंकले नवांै शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । सो शाखारहित बैंकिङ सेवाको उद्घाटन क्षेत्र नम्बर १ (२) का प्रदेशसभा सदस्य एकराज कार्कीले गरे । उक्त शाखारहित बैंकिङ सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा राजमणि पौडेललाई नियुक्त गरेको छ ।
एनआईसी एशिया बैंक लिमिटेडले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ ।
मुलुकभर २१८ शाखा कार्यालयहरु, २१० एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ सेवा मार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
बैंकको वासलातको आकार रू १६६ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुलकर्जा करिब रू ११६ अर्ब र कुल निक्षेप करिब रू १४१ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ ।
यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले यो बैंक निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।















प्रतिक्रिया