
काठमाडौँ, २८ जेठ । माछापुच्छ्रे बैंकले नयाँ कार्यकारी प्रमुख (सीइओ) नियुक्त गरेको छ । सुमन शर्माले सोमबारदेखि सीइओको रुपमा कार्यभार सम्हालेका छन् ।
२१ बर्षको बैंकिङ अनुभव भएका शर्माल ेनेपाल एस.वि.आई.बैंकबाट बैंकिङ सुरु गरेका थिए । शर्माले एन.एम.बि. बैंक र माछापुुच्छ्रे बैंक हुँदै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।
माछापुच्छ्रे बैंकमा यस अघि शर्माले झण्डै ३ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए । बैकिङ क्षेत्रका विभिन्न विषयहरुमा विज्ञता हासिल गरेका उनी कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा उत्कृष्ट मानिन्छन् । नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका शर्माले भौतिकशास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् ।
शर्मा महेन्द्र विद्याभुषण (२०५४), महेन्द्र विद्याभुषण (२०६२), तारापदचौधरी पदक जस्ता थुप्रै पदकबाट सम्मानित भइसकेका छन् ।















प्रतिक्रिया