४ कार्तिक २०८३, बुधबार

पाइन्ट नलगाएपछि नायिकाकी बहिनीलाई रेष्टुरेन्टमा दुर्व्यवहार

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड नायिका यामी गौतमकी बहिनी सुरिली गौतमलाई रेष्टुरेन्टमा दुर्व्यवहार भएको छ ।

सुरिली गौतमले आफूलाई सर्वियाको एक रेष्टुरेन्टले पाइन्ट नलगाएको भन्दै निकालिदिएको बताएकी छिन् । सुरिली गौतम आफ्नी दिदी यामी गौतमसँग सर्बियामा फिल्मको सुटिङमा छिन् ।

यामीले सुरिलीलाई सोधिन्, ‘मिस, तिमी किन यो बारमा बसिरहेकी छौ, तिमी किन कुनै राम्रो रेष्टुरेन्टमा गइनौ ।’ यसमा सुरिली भन्छिन्, ‘किनभने मैले जिन्स लगाएको थिइनँ ।’

त्यसपछि यामीले सोध्छिन्, ‘त्यसो भए तिमीले पाइन्ट नलगाएका कारण त्यहाँबाट तिमीलाई निकालियो ?’

यामीकी बहिनी सुरिली राजकुमार सन्तोषीको फिल्म ‘ब्याटल अफ सारागढी’ बाट डेब्यु गर्दैछिन् । एजेन्सी