३० आश्विन २०८३, शुक्रबार

इराकको सबैभन्दा ठूलो मतपत्र भण्डारण केन्द्रमा आगलागी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बग्दाद, २८ जेठ । इराकको सवैभन्दा ठूलो मतपत्र भण्डारण गृहमा आइतबार आगलागी भएको छ । उक्त केन्द्रमा पूर्वी बग्दादका जिल्लाहरूका मत्रपत्रहरू भण्डारण गरिराखिएको थियो ।

इराकको संसदले निर्देशन गरी उक्त क्षेत्रको मतपत्र पुनः गणना गर्न भनेको थियो । तर त्यस अगाबै भएको आगलागीबाट कति क्षति भयो भन्नेबारे बिस्तृत विवरण आइसकेको छैन ।

इराकी अधिकारीका अनुसार आगलागीको कारण तत्कालै थाहा हुननसकेको बताएका छन् ।

गत मे १२ मा व्यवस्थापिकाका लागि भएको निर्वाचनमा उक्त क्षेत्रबाट प्रजातान्त्रिक व्यवस्थाको वकालत गर्दै आएका सिया धर्मगुरू मोकतादा सादरले अनपेक्षित विजय हाँसिल गरे । उनीमाथि निर्वाचनमा छलकपट गरिएको आरोप अन्य समूहले गरेका छन् । एएफपी