२ कार्तिक २०८३, सोमबार

झण्डै ७५ हजारले दिए कोरियन भाषा परीक्षा, असार १६ मा नजिता आउने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २७ जेठ । सन् २०१९को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जना सहभागी भएका छन् ।

ईपीएस कोरिया शाखाले दिएको प्रारम्भिक तथ्यांकअनुसार फारम भरेका ७ हजार ३ सय ९८ जना परीक्षामा अनुपस्थित भएका छन् । कुल ८२ हजार २ ६४ जनाले परीक्षाका लागि आवेदन भरेका ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले बताए ।

यो वर्ष नक्कली परीक्षा दिने र दिन लगाउने २४७ जना विभिन्न परीक्षा केन्द्रहरुबाट पक्राउ परेका छन् । यद्यपी, परीक्षा शान्तिपूर्ण रुपमा सकिएको र कुनै प्राविधिक समस्या नआएको कोरिया शाखाले जनाएको छ ।

यो वर्ष काठमाडौं र पोखरामा परीक्षा सञ्चालन भएको थियो । शनिबार र आइतबार भएको परीक्षाको नतिजा आगामी आसार १६ गते प्रकाशित हुनेछ । कोरियाले ओसीआर प्रविधिबाट कपी जाँच्ने भएकाले नतिजा आउन धेरै समय लाग्दैन । यो वर्ष कोरियाले ७ हाजर १ सय नेपाली कामदार लैजाने गरी कोटा निर्धारण गरेको छ ।

आइतबार भएको परीक्षामा एक सय ३७ जना नक्कली परीक्षार्थी काठमाडौंबाट पक्राउ परेका छन् । बिहान र दिउँसोको सिफ्टमा सञ्चालन भएको परीक्षाको ९ जना केन्द्रबाट उनीहरु पक्राउ परेका हुन् ।

काठमाडौं प्रहरी परिसरका डिएसपी मोहनकुमार थापाका अनुसार पक्राउ पर्नेहरुमा १० जना महिला र १ सय २७ जना पुरुष छन् । यसअघि शनिबार प्रहरीले ४७ जना नक्कली परिक्षार्थीलाई पक्राउ गरेको थियो ।

अर्को व्यक्तिको परीक्षा दिन राहदानी, प्रवेश पत्र समेत लिइ परीक्षा दिइरहेका वेलामा चेकजाँच गरेर उनीहरुलाई पक्राउ गरिएको थियो । पक्राउ परेकाहरुमाति थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।