२ कार्तिक २०८३, सोमबार

नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनीको पद तत्कालका लागि जोगियो

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ जेठ । नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनीको पद तत्कालका लागि जोगिएको छ । आइतबारको मन्त्रिपरिषद बैठकले राजभण्डारीलाई सचेत मात्र गर्न निर्णय गरेसँगै उनको पद जोगिएको हो । व्यवस्थापकीय काम गर्न नसकेको र संस्था निरन्तर ओरालो लागेको भन्दै राजभण्डारीलाई हटाउने गरी स्पष्टीकरण सोधिएको थियो ।

उनीमाथि टेलिकमको सेवा र गुणस्तर निरन्तर खस्किादै गएको र प्रतिस्पर्धी सेवा प्रदायकभन्दा १६ अर्ब रुपैयाँले ओह्रालो लाग्दा पनि कम्पनीको सेवा प्रवाह सुधार गर्न असफल भएको आरोप लागेको थियो । टेलिकमको सेवा सुधारमा कामिनीको भूमिका कमजोर भएको भन्दै स्पष्टीकरण सोधिएको थियो ।

तत्काल थमौती गरिएपनि उनलाई टेलिकमको सेवा विस्तार तथा गुणस्तर बृद्धिका लागि केही शर्तनामा गराइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कामिनीसहित टेलिकमका अधिकारीहरुलाई मौखिक प्रष्टीकरण पनि लिएका थिए । त्यसक्रममा उनले टेलिमको इन्जिन फेर्ने चेतावनी पनि दिएका थिए ।

नेपाल टेलिकमको नेतृत्वमाथि युटीएल र सिजी कम्पनीबाट १० अर्ब भन्दा बढी रकम उठाउन नसकेको आरोपसमेत लगाइएको थियो । त्यस्तै टेलिकमका कर्मचारीले असीमित सुविधा लिइरहेको र राज्यकोषमा जानुपर्ने कम्तिमा ४० करोड रुपैयाँ सेवा सुविधाका नाममा दुरुपयोग भएको आरोपसमेत टेलिकमको व्यवस्थापनमाथि लागेको थियो ।

कामिनीलाई सबै आरोपबाट सफाइ नदिइएको तर सचेत गराउने निर्णय भएको स्रोतले जनाएको छ । राजभण्डारीलाई बर्खास्त गर्ने योजना बनाइसकेका सूचना तथा सन्चारमन्त्री गोकुल बास्कोटामाथि बिभिन्न ठाउँबाट दबाब समेत पारिएको थियो ।