२१ कार्तिक २०८३, शनिबार

मानव खप्परसहित २ जना पक्राउ

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २७ जेठ । मानव खप्परको विक्री गर्न लाग्दा दुई जनालाई पक्राउ प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसरका प्रहरी निरीक्षक अनिल ठकुरको नेतृत्वमा खटिएको टोलीले बौद्धबाट मान्छेको खपटासहित निमा तामाङ र छिरिङ तामाङलाई पक्राउ गरेको हो ।

परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार उनीहरुले सुन्दरीजलको चिहानबाट खनेर खपटा ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

स्रोतका अनुसार त्यस खपटालाई धार्मिक कार्यमा प्रयोग गर्नका लागि भन्दै ७ लाख रुपैयाँमा विक्री गर्न लागिएको थियो ।

योसँगै चिहानमा गाडिएको मान्छेको शवलाई उत्खनन् गरेर खप्पर किनबेच हुने गरेको रहस्य खुलेको छ ।
थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।