३० आश्विन २०८३, शुक्रबार

पुटिन र पोरोसेन्कोले कैदीवन्दी साट्ने : क्रेमलिन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को, २७ जेठ । रसियाली नेता भ्लादिमिर पुटिन तथा यूक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोबीच समय समयमा दुवै देशले विभिन्न आरोपमा पक्राउ परी जेल जीवन विताइरहेका बन्दीहरूलाई एक आपसमा रिहाई गर्ने विषयमा शनिबार फोनवार्ता भएको रूसी प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ ।

यससँगै रूसी जेलमा भोक हडताल गरिरहेका यूक्रेनी प्रसिद्ध सिनेमा निर्देशक ओलेग सेन्टसोभ लगायत कैयौँ यूक्रेनी बन्दीहरू आगामी हप्ता रूसमा विश्वकप फुटबल शुरुहुनुपूर्व नै रिहा हुने विश्वास गरिएको छ ।

दुई देशका राष्ट्रप्रमुखबीच भएको वार्ता मानवीय बिषय तथा दुवै देशका कैदीहरूको आपसी रिहाईसम्बन्धि बिषयमा केन्द्रित भएको क्रेमलिनले एक विज्ञप्ति जारी गरी जनाएको छ ।

उक्त फोनवार्तामा पुटिनले यूक्रेनमा केही समय पहिले पक्राउ परेका रूसी पत्रकारहरूलाई तत्काल रिहा गरिनुपर्ने बताएको क्रेमलिनको दावी छ । क्रेमलिनका अनुसार दुई नेताबीच पूर्वी यूक्रेनको द्वन्द्वका बिषयमा पनि छलफल भएको छ ।

यूक्रेनी राष्ट्रपति पोरोसेन्कोले पनि गत मे १४ देखि भोक हडताल गर्दै आएका सिने निर्देशक सेन्सभ र अन्य यूक्रेनी राजनीतिक बन्दीको रिहाईको मुद्दालाई उठाएका र उनीहरूलाई जतिसक्दो छिट्टै रिहाई गरिनुपर्नेमा जोड दिए ।

सेन्सोभले सुदूर उत्तरी रूसमा आतङ्कवादी गतिविधिमा सम्लग्न भएको अभियोगमा रूसमा बीस वर्ष लामो जेल सजाय भोगिरहेका छन् । एएफपी