२१ कार्तिक २०८३, शनिबार

कुखुरा फार्ममा आगलागी, १७ लाख बराबरको क्षति

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, २६ जेठ । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–३ भरौलमा रहेको बाबुराम तामाङको कुखुरा फार्ममा शनिबार अकस्मात विद्युत सर्ट भई आगलागी हुँदा रु १७ लाख बराबरको क्षति भएको छ ।

तामाङको कुखुरा फार्ममा आगलागी हुँदा सो फार्ममा पालिएका एक हजार पाँचसय कुखुरा जलेर नष्ट हुनुका साथै फार्म समेत पूर्णरुपमा नष्ट हुँदा सो बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय, महेन्द्रनगर, चक्रघट्टीले जानकारी दिएको छ ।

आगलागी स्थानीयवासी र प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको थियो । –रासस