२१ कार्तिक २०८३, शनिबार

‘लेट्स रिड’ नामक डिजिटल पुस्तकालय सञ्चालनमा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ जेठ । एसिया फाउण्डेसनले ‘लेट्स रिड’ नामक डिजिटल पुस्तकालय सञ्चालनमा ल्याएको छ ।

सो पुस्तकालयमा सय भन्दा बढी नेपाली भाषाका पुस्तकहरु र अंग्रेजीका १००० बढी पुस्तकहरु राखिएका छन् । खास गरि तीनवर्ष देखि १२ वर्षसम्मका बालबालिकाहरुलाई ध्यानमा राखेर सञ्चालनमा ल्याइएको इन्टरनेटका माध्यमबाट पढ्न सकिने सो पुस्तकालयमा बालबालिकाका क्षेत्रमा कलम चलाउँदै आएका विभिन्न साहित्यकारहरुका रचनाहरु समेटिएका छन् ।

‘लेट्स रिड’ नामक वेभपोर्टल एवं मोवाइल एप्लिकेसनमा गएर निःशुल्क रुपमा पुस्तकहरु डाउन लोड गरी इन्टरनेट विनापनि पढ्न सकिने सुविधा रहेको फाउण्डेसनले जनाएको छ । पुस्तकालयमा विभिन्न मातृभाषाका पुस्तकहरु समेत समेटिएका छन् । फाउण्डेसनको प्रशासन तथा बुक्स फर एसिया विभागकी प्रमुख समिरा श्रेष्ठका अनुसार पुस्तकालयले बालबालिकाको सिर्जनशील क्षमतामा वृद्धि गर्नुका साथै अभिभावकहरुको आर्थिक व्ययभार पनि कम गर्ने बताउँछिन्।

पुस्तकालयमा विभिन्न भाषामा बालसाहित्यका विभिन्न पुस्तकहरुका साथै अडियो भिडियो सामाग्रीहरु समेटिएका छन् । भृकुटी मण्डपमा आयोजित शैक्षिक मेलामा एसिया फाउण्डेसनलको लेट्स रिड नामक डिजिटल पुस्तकालय सबैको आकर्षणको केन्द्र बनेको थियो ।