४ कार्तिक २०८३, बुधबार

कास्टिङ काउच हैनन्, निर्मातासँग टाँसिन छाड्दैनन् यी हिरोइन

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिल्म क्षेत्रका सम्बन्धका विषय ओपन सेक्रेटजस्तो छ । निर्माता÷निर्देशक सुदर्शन थापा र अभिनेत्री पुजा शर्माको सम्बन्धका बारेमा फिल्मीक्षेत्रमा निक्कै चर्चा हुन्छ । ‘थापा र शर्माले बिहेको घोषणा गर्न मात्र बाँकी छ, बाँकी केही छैन’, एक निर्माताले भने,‘उनीहरूको मित्रता मात्र होइन, यो मित्रताको अधिकतम हद नाघिसकेको सम्बन्ध हो ।’

विश्व परिवेशमा चलेको कास्टिङ काउचको कथासँग यस्ता सम्बन्धको कुनै तालमेल छैन । इच्छाको सम्बन्ध बनाउने क्रम फिल्मीकर्मीमा कम नरहेको बताइन्छ । जसरी भुवन केसी र जिया केसीको सम्बन्ध कायम छ त्यो सतहमा नदेखिए पनि सतहमा देखिने यस्ता निक्कै सम्बन्ध रहेको फिल्मकर्मीमाझ चर्चा छ ।

एक समय रेजिना उप्रेति र शोभित बस्नेतबीचको सम्बन्धको चर्चा कम थिएन । त्यतिमात्र होइन, उप्रेतिका कारण बस्नेत दाजुभाईमा लडाई भएको चर्चा अहिले पनि बागबजारतिर चलिरहन्छ । यो हल्लाले अनामनगर पनि पिटेको थियो । तर रेजिना अहिले पारिवारिक सम्बन्धमा व्यस्त छिन् । उनी फेरि फिल्मी क्षेत्रमा आउने कोशिशमा छिन् । रेजिना र शोभितको सम्बन्धको हद कास्टिङ काउचको ठाउँमा राखेर हेर्न नमिल्ने बताइन्छ ।

अभिनेत्री शिल्पा पोखरेल निर्माता छविराज ओझाको पकेटकी युवती हुन् । छविको इशारा नै उनका लागि काफि छ । कतिसम्म भने उनीहरूको बिहेको चर्चा चल्दा पनि शिल्पाको मौन स्वीकृति छ । जबकी छविले तीन वटी पत्नी ल्याइसकेका छन् । ‘सबैलाई थाहा छ शिल्पा र छविको सम्बन्ध कति नजिक छ भन्ने । छविको बेडरुम र किचेनसम्म शेयर भइसकेको छ’, उनीहरूनिकट एक निर्माताले भने,‘बाँकी के रह्यो र ?’

यो मामलामा निर्मात्री पनि के कम । निर्मात्री समेत बनेकी रेखा थापाले समयानुकुल अभिनेतालाई घुमाइन् । आर्यन सिग्देलदेखि सविन श्रेष्ठसम्मलाई आफ्नो औंलामा राखेकी रेखासँग उनीहरूको सम्बन्ध सोचेभन्दा नजिक रहेको फिल्मी वृत्तमा हल्ला चल्ने गरेको छ ।

कुनै बेला उनै छवीसँग बिहे गरी सम्बन्ध विच्छेदसमेत भ्याएकी रेखाले फिल्मीक्षेत्र मात्र होइन, केही पत्रकार, व्यापारी, गुन्डानाइके, वकिलसँग पनि घनिष्ट सम्बन्ध राख्ने गरेकी छन् । ‘हेर्दा अति गहिरो सम्बन्ध देखिन्छ त्यो सम्बन्ध कति गहिरो छ भन्नेचाहीँ बुझ्न कठिन छ’, रेखा नजिकका एक फिल्मकर्मी भन्छन्,‘यस्ता सम्बन्ध धेरै छन् । अचेल राजनीतिक कार्यकर्ता र नेतासँग पनि उनको उठबस बलियो छ ।’