
काठमाडौं । अभिनेत्री बर्षा राउतलाई आफ्नो मोटोपनका कारण समस्या भएको बताउने गर्छिन् यदाकदा । बर्षा सिवाकोटीले त तौल नै घटनाइन् । अभिनेत्री केकी अधिकारी पनि नियमित जीम गएर तौल घटाउने कसरतमा छिन् । नेपालका अन्य अभिनेत्रीहरू पनि सकभर पातली र सुन्दर देखिने प्रयासमा जुटीरहेका छन् ।
तर नेपालसँग जोडिएको छिमेकी भारतको बिहारी फिल्म उद्योग, जसलाई भोजपुरी फिल्म उद्योग पनि भनिन्छ त्यहाँ मोटी युवतीको बजार बलियो छ । जसमा नेपाली मोडलहरू पनि विस्तारै प्रवेश गर्न थालेका छन् । नेपालमा नबिकेका मोटी मोडलहरू भोजपुरी म्युजिक भिडियो, फिल्मको अभिनयको अभिलासा राख्ने गर्छन् ।
भोजपुरी उद्योगको खास आकर्षण नै अंग प्रदर्शन बन्ने गरेको छ । जसका कारण आइटम नम्बरका गीत त्यहाँका फिल्ममा अनिवार्य राखिएका हुन्छन् । त्यसमा सेक्सी बनेर मोडलले प्रस्तुती दिनुपर्छ ।
नेपाली मोडल सुष्मा अधिकारीले केही समयअघि मात्र भोजपुरी म्युजिक भिडियोमा काम गरेकी छन् । शरीर मोटो भए पनि उनको अभिनयलाई बिहारी बजारमा रुचाइएको छ ।
बलिउडको मुलधारमा पनि भोजपुरी मोडल र अभिनेत्रीको चर्चा बलियो हुन थालेको छ । रानी चटर्जी अहिले चलेकी मोडल हुन् । जि न्युज लेख्छ,‘उनका ठूलो फ्यान फलोइङ छ, जसलाई भारतीय बजारमा राम्रो मानिन्छ ।’
रानीको पछिल्लो आइटम नम्बर ‘अवाते पलङ पे देहिया’ले अहिले तहल्का मच्चाइरहेको उल्लेख गर्दै जि न्युज थप्छ,‘२००४ मा भोजपुरी फिल्म उद्योगमा उदाएकी अभिनेत्रीको बोल्ड अवतार नै गीत चल्नुको प्रमुख कारण हो ।’
भोजपुरी उद्योगमा हट र सेक्सी अवतारमा उत्रिने मोडल पल्लभी सिंहलाई ‘सन्नी लियोनी’को उपमा दिइएको छ । उद्योगमा उनको नाम परिवर्तन गरेर सन्नी सिंह नै राखिएको छ । सन्नीलाई पर्दामा देखेपछि उनले सोही अन्दाजमा अभिनय र नृत्य दिन थालेको भारतीय अनलाइन न्युज पोर्टल इन्डियाले लेखेको छ ।
भोजपुरी गीत ‘ललिपप लगेलु’ त बलिउडदेखि नेपालमा पनि ट्रेन्डिङमा रहेको गीत हो । जसमा बोल्ड अवतारमा मोडललाई उतारिएको छ । फिल्म समिक्षकहरू भन्छन्,‘भोजपुरीको विशेषता नै बोल्डनेश हो । जहाँ फिगरको साइज होइन, बोल्डनेशको मात्रालाई विश्लेषण गरिन्छ ।’
सेक्सी र मोटी मोडलको बजार भोजपुरी सिनेमा मात्रै छ । जति मोटी भयो त्यति नै रङ्ग बजारमा तहल्का मच्चाउने बिहारी फिल्म उद्योगमा नेपाली मोडलहरूको पनि निरन्तर प्रवेश हुन थालेको छ । उनीहरू म्युजिक भिडियो, फिल्ममार्फत भारतीय बजारमा पस्न थालेका छन् ।















प्रतिक्रिया