
काठमाडौं । नेपाली फिल्म उद्योगको धार परिवर्तन गर्ने अभिनेता हुन् राजेश हमाल । परम्परागत फिल्ममा नयाँ उर्जा थप्दै युगदेखि युगसम्ममार्फत नेपाली रजतपटमा झन्डै तीन दशक अघि उदाएका राजेशले दुई दशकको सत्ता कायम राखे । यसबीचमा धेरै कन्ट्रोभर्सीमा पनि छाएका थिए ।
नेपाली रजतपटका एक स्ट्राइकर नै हुन् राजेश । जसका कारणले नै उद्योग लामो समयसम्म हिरोइजमका साथ अघि बढेको थियो ।
शनिबारदेखि हमाल ५४ वर्ष लागेका छन् । उनले बिहे गरेको पनि ४ बर्ष भएको छ । तर कुनै सन्तान छैन । सन्तानबारे खासै योजना पनि नरहेको बारम्बार बताउने गरेका छन् । धरानकी मधु भट्टराईसँग प्रेम बिहे गरेका राजेशको जन्मदिनका अवसरमा उनीसँग जोडिएका केही गोप्य विषय यस्ता छन् ।
–राजेश फिल्म क्षेत्रमा जति सफल भए, त्यसप्रति उनका बुवाको ठूलो आशक्ति थिएन । बुवाको कुरा छिचोलेर फिल्म क्षेत्रमा लागेका कारण अहिले पनि उनमा त्यस विषयको खटपट हुने गर्छ कहिलेकाहीँ ।
–राजेशको पहिलो फिल्म भाग्यरेखा थियो । त्यस फिल्ममा कृष्टि मैनालीसँगको विरोधाभाषका कारण उनी फिल्मबाट निकालिए । मामा दिपक रायमाझीको निर्देशन रहेको फिल्मको लफडा पनि चितवनमा नै भएको थियो । तर केही वर्षपछि उनलाई रायमाझीले कृष्टिसँगै काष्ट गरे– युगदेखि युगसम्ममार्फत । त्यसपछि नेपाली फिल्म उद्योगमा राजेश सत्ता लामो समयसम्म हावी भयो । जसले उनलाई अनौपचारिक रूपमा ‘मेगास्टार’को उपमा दियो ।
–गोपीकृष्ण फिल्मको अभिनयले उनलाई एक पटक फेरि चर्चामा ल्यायो । त्यहि फिल्म हेर्दाहेर्दै राजेशलाई हिर्काएको मारेको देखेपछि ३ बर्षिया बालिका हलमा ढलिन् । उनले राजेशसँग बिहे गर्छु भन्ने अड्डी कसिन् । राजेशकी डाईहर्ट फ्यान अभिरुची बुढाथोकी हुन् उनी । लामो समयसम्म पनि निरन्तर राजेश हमालका निम्ति मरिहत्ते गर्ने फ्यानबारे राजेशको सम्झना छ– उनी मेरो आमाको देहान्तका बेला पनि घरमा आएकी थिइन् । तर जति उनले नजिक मानिन् यस्ता फ्यान पनि हुन्छन् भन्ने लाग्यो ।
–राजेशले धेरै अभिनेत्रीसँग फिल्ममा सहकार्य गरे । तर उनको जोडी करिश्मा मानन्धरसँग जम्यो । त्यसकारण फिल्मिबजारमा करिश्मासँगको सम्बन्धलाई लिएर पनि राजेश कन्ट्रोभर्सीमा आए । फिल्मिबजारको यो हल्लाले करिश्माको नीजि जीवनमा पनि असर गरेको कतिपय बताउँछन् ।
–एक जना प्रहरी हवल्दार महिला दुई बच्चासहित राजेश हमालकी पत्नी हुँ भन्दै उजुरी गर्न पुगिन् । चितवनकी ति महिलाबारे राजेशको राम्रो स्मरण छ । फिल्म सुटिङका लागि पुगेका बेला सुरक्षा घेरामा रहेकी ति महिलासँग राजेश हाँसेर बोलिदिए । तर त्यहि एक बोली उनका लागि प्रहरी कार्यालयसम्म पुग्ने कारण बनिदियो । उनी सम्झन्छन्,‘त्यसपछि उनका दाजुले मानसिक सन्तुलन ठिक नभएको भनेर प्रहरीबाट फर्काएर लिएर गएका थिए ।’
–राजेशको प्रेमका बारेमा कसैलाई पनि जानकारी थिएन । यहाँसम्मकी उनको ९ वर्षको प्रेमयात्राका विषयमा मिडियाले पनि सुइँको पाएन । अन्ततः सोही प्रेमलाई उनले बिहेको प्रारुपमा परिणत गरे ।















प्रतिक्रिया