मुम्बई । भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘काला’लाई फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गर्नेलाई पक्राउ गरिएको तमिल फिल्म प्रोड्युसर असोसिएसनका अध्यक्ष विशालले बताएका छन् ।
फिल्म काला बिहीबार भारतमा रिलिज भएको छ । यसअघि बुधबार राति सिंगापुरमा यसको फेसबुकमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।
फिल्मको लाइभ स्ट्रिमिङ आधा भएको थियो जसबारे जानकारी पाएपछि निर्माता समूहले कडा कदम उठाएको थियो ।
पछि विशालले लाइभ स्ट्रिमिङ गर्नेलाई पक्राउ गरिएको जानकारी ट्वीटरमार्फत दिएका थिए । रजनीकान्तकी छोरी सौन्दर्या रजनीकान्तले शीघ्र कारवाहीका लागि धन्यवाद दिएकी छिन् ।
राजनीतिमा आएपछि रजनीकान्तको यो पहिलो फिल्म हो । फिल्म रिलिज हुनुअघि रजनीकान्तका प्रशंसकले केकसमेत काटेका छन् ।
उनीहरूले रजनीकान्तले झैं कालो सर्ट र लुंगी लगाइरहेका छन् । फिल्म रिलिज भएपछि थुप्रै आइटी कम्पनीले छुट्टीको घोषणासमेत गरेका छन् । एजेन्सी















प्रतिक्रिया