३० आश्विन २०८३, शुक्रबार

मोदीको हत्या गर्ने योजना बनाइएको खुलासा, को हो यसको मास्टर माइण्ड ?

5.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, २५ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हत्या गर्ने योजना बनाइएको खुलासा भएको समाचार बाहिर आएको छ । भारतीय माओवादी पार्टीका कार्यकर्ताहरुको गिरफ्तारी पछि उक्त घटनाको खुलासा भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतमा करिब ४ दशकदेखि सशस्त्र संघर्षको नेतृत्व गरिरहेको माओवादी भारतमा नक्सालवादीको नामले परिचित छ । प्रहरीको गिरफ्तारीमा परेका नक्सालवादी कार्यकर्ताहरुबाट भूमिगत रुपमै लेखिएको एउटा महत्वपूर्ण चिठी समेत बरामद गरेको समाचारमा भनिएको छ । सो चिठीमा प्रधानमन्त्री मोदीको हत्या गर्ने योजना बनाइएको तथ्य फेला परेको दाबी गरिएको छ ।

भारतीय प्रहरीका अनुसार चिठीमा पूर्वप्रधानमन्त्री राजिव गान्धीकै शैलीमा प्रधानमन्त्री मोदीको हत्या गर्ने योजना बनाइएको छ । सो चिठी एक नक्सालवादी कार्यकर्ताको कम्युटरबाट बरामद गरिएको भारतको पुणेस्थित प्रहरी श्रोतलाई उदृत गर्दै भारतीय सञ्चामाध्यामहरुले समाचारमा भनेका छन् ।

(भारतीय सञ्चार माध्यमको सहयोगमा)