२१ कार्तिक २०८३, शनिबार

सिद्धिका चेपाङ विद्यार्थीलाई पोशाक वितरण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २५ जेठ । युथ क्लब नारायणगढले सिद्धिको दौतेस आधारभुत विद्यालयका ३८ विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

कालिका नगरपालिका वडा नं. ११ स्थित विकटको दौतेस विद्यालयमा एक कार्यक्रमका बिच चेपाङ बालबालिकालाई पोशाक वितरण गरिएको हो । क्लवका अध्यक्ष भगवान कुमार जोशीको अध्यक्षतमा भएको कार्यक्रममा गरिब तथा विपन्न परिवारका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर प्रजाले चेपाङ समुदायमा अझै पनि आफ्ना सन्तानलाई पढाउन पठाउनु पर्छ भन्ने मानसिकता नदेखिएको बताए ।

अरुले कर गरेर पठाउनु पर्ने बाध्यता भएकाले यस्तो संस्कार हटाउनु पर्ने बताए । कुनै संघ सस्थाले आएर सहयोग गर्नु पर्ने, आफैले पढ्न जानु पर्छ भन्ने मानसिकता नराख्ने, बिचैमा विद्यालय छाड्ने सस्कारले गर्दा समुदाय माथि उठ्न नसकेको बताए ।

‘अब हामी आफै जानकार हुनु जरुरी छ’ उनले भने, ‘घरमा काम लगाएर विद्यालय जान नदिने बानी कुनै अभिभावकले गर्न हुदैन ।’ बालबालिकाको आधिकारलाई हनन् गरे कानुन लाग्ने भन्दै नगरपालिका भइसकेपछि आधारभुत सेवाबाट पनि बन्चित हुनु पर्ने अवस्था आउन नहुने बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले विद्यालयको कक्षा कोठाको अभावमा बालबालिका पढाउन समस्या भएको गुनासो गरिन् । निर्वाचित जनप्रतिनिधिहरुले पनि सहयोग नगरेको उनले बताइन् । कार्यक्रममा विद्यार्थी अभिभावक संघका अध्यक्ष जितबहदुर प्रजा, युथ क्लव नारायणगढका उपाध्यक्ष रामबाबु श्रेष्ठ, महासचिव शालिग्राम नेपाल, शिक्षिका सावित्री बुढाथोकी, क्लवका निर्देशक दयाराम कँडेललगायतले मन्तव्य राखेका थिए ।