
काठमाडौँ, २५ जेठ । नेपाल सरकारले सन् २०२० मा मनाउन लागेको नेपाल भम्रण वर्षको आधिकारिक अभियान लोगो सार्वजनिक गरेको छ । पर्यटनमन्त्री रविन्द्र अधिकारीको अध्यक्षतामा गठन गरिएको मूल समितिले शुक्रबार ५ उत्कृष्ट लोगोमध्येबाट काठमाडौं बौद्धका ग्राफिक डिजाइनर उद्धव रिमालले बनाएको लोगोलाई छानेको हो ।
दुई वर्षपछि सरकारले गर्न लागेको भम्रण वर्षका लागि नेपाल पर्यटन बोर्डले फेसबुकमार्फत आव्हान गरेको थियो । बोर्डले नेपाल चिनाउने तथा यहाँको प्रकृति, कला, संस्कृति झल्किने शैलीको लोगो आव्हान गरेको थियो ।
सरकारले मनाउन लागेको यो तेस्रो भ्रमण वर्ष हो । यसअघि सन् १९९८ मा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘भिजिट नेपाल–९८’ र २०११ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर’ नेपाल टुरिजम इयर’ मनाइएको थियो ।
उत्कृष्ट लोगोका लागि १ लाख रुपैयाँ पुरस्कार तोकिएको छ । सरकारले सन् २०२० मा भ्रमण वर्ष मनाउने घोषणा गरिसकेको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमार्फत सन् २०२० मा भिजिट नेपाल अभियान सञ्चालन गरी नेपाल घुम्न आउने पर्यटकको संख्या २० लाख पु¥याउने भनेका थिए ।
सन् २०१७ मा नेपाल घुम्न आउने पर्यटकको संख्या ९ लाख ४० हजार २ सय १८ थियो । यसमा स्थलमार्गबाट आउने भारतीय पर्यटकको संख्या गणना गरिएको छैन । तर, हवाई मार्गबाट आउने भारतीय पर्यटकको संख्या भने समेटिएको पर्यटन विभागले जनाएको छ ।
भारत, चीन, अमेरिका, बेलायत र श्रीलंकाबाट नेपाल घुम्न आउनेको संख्या धेरै थियो । नेपालमा ६७ वर्षअघिदेखि पर्यटक घुम्न आउन थालेका हुन् ।















प्रतिक्रिया