
काठमाडौं, २५ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले लोकतन्त्रले मानिसलाई स्वतन्त्रता प्रदान गर्ने जिकिर गरेका छन् । उनले कम्युनिष्टहरुले आफूईतरका विचारलाई स्विकार नगर्ने समेत आरोप लगाए ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा भएको कार्यक्रममा नेता निधिले भने, ‘लोकतन्त्रले मानिसलाई स्वतन्त्र बनाउन मद्दत गर्छ, हाम्रो समाजमा दुई थरिका प्रसङगहरु उठ्ने गर्दछन्, एउटा प्रजातान्त्रिक अर्को कम्युनिष्ट, कम्युनिष्टहरुले आफ्ना कुराहरु स्विकार गर्नेलाई मात्रै सम्मान गर्न सक्छन् त, लोकतान्त्रिक पक्षले आफ्ना बारेमा गरिएका आलोचना र कमजोरीहरुलाई सुन्छ ।’












प्रतिक्रिया