
काठमाडौँ, २५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले समान विचार भएका पार्टी, समूह र व्यक्तिहरुसँग एकता गर्ने भएको छ ।
राप्रपा प्रजातान्त्रिकलाई राष्ट्रवादी, प्रजातन्त्रवादी शक्तिको रुपमा सुदृढ गर्न एकता अभियानको शुरुवात गरिएको हो ।
यसका लागि अध्यक्ष पशुपति शमसेर राणाले वरिष्ठ उपाध्यक्ष दीपक बोहराको संयोजकत्वमा पार्टी एकता विस्तार एवं सहनिकरण सम्पर्क कार्यदल नै बनाएका छन् ।
कार्यादलमा उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री सुनिल बहादुर थापा र उच्चस्तरीय कार्यसम्पादन समितिका सदस्य ठाकुर प्रसाद शर्मा छन् ।












प्रतिक्रिया