३ कार्तिक २०८३, मंगलबार

फ्रेञ्च ओपनमा सिमोनाले स्टेफेन्ससँग प्रतिस्पर्धा गर्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २५ जेठ । विश्व नम्बर एक सिमोना हलेपले फ्रेन्च ओपनको फाइनलमा स्लोएनी स्टेफेन्ससँग प्रतिस्पर्धा गर्ने भएकी छिन् । रोमानियाली खेलाडी सिमोनाले सेमिफाइनलमा स्पेनकी गार्विन मुगुरुजालाई पराजित गर्दै फाइनल प्रवेश गरेकी हुन् ।

पेरिसस्थित रोलान्ड गार्रोसमा सिमोनाले मुगुरुजालाई ६–१ र ६–४ ले पराजित गर्दै फाइनल पुगेकी हुन् । सिमोनाले पहिलो सेट सहजै जित हात पारेकी थिइन भने दोस्रो सेटमा पनि नतिजा आफ्नो पक्षमा पार्न सफल भईन् ।

२८ वर्षीया सिमोनाले उपाधिका लागि अब शनिबार अमेरिकी खेलाडी स्लोएनी स्टेफेन्ससँग प्रतिस्पर्धा गर्नेछिन् । स्टेफेन्सले मेडिसन केयसलाई ६–४ र ६–४ को सेटमा पराजित गर्दै फाइनल पुगेकी थिइन् । एजेन्सी