काठमाडौं । नेपाली फिल्म ‘ड्रिम गर्ल’को पहिलो गीत रिलिज भएको छ । निर्देशक ऋषिराज आचार्यद्वारा निर्देशन गरिएको ‘ड्रिम गर्ल’को
‘तिम्रो मायामा हराउन…’ बोलको गीत रिलिज गरिएको हो ।
काठमाडौंमा बिहीबार आयोजित विशेष कार्यक्रममा फिल्म टिमले गीतबाट धेरै अपेक्षा रखेको जनाएको छ । आक्रामक प्रचार शैली सुरु गरेको ‘ड्रिम गर्ल’ टिमले फिल्मलाई दशैँमा रिलिजको लक्ष्य लिएको छ । फिल्म असोज १९ गते रिलिज हुनेछ ।
‘तिम्रो मायाामा हराउन…’ बोलको गीतमा आकाश श्रेष्ठ र आश्मा गिरीमाथि छायाँकन गरिएको छ । गीतमा अञ्जु पन्त र सुरेश लामाको स्वर छ । अर्जुन पोखरेलको संगीत र अम्बिका शर्माको शब्द छ । भिडियोलाई रारा ताल र थाइल्याण्डमा खिचिएको छ ।
आश्मा र आकाशका साथै चलचित्रमा विल्सन विक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, लक्ष्मी गिरी, निर्मल शर्मा, पूजा पराजुली लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । आश्माको यो डेब्यु चलचित्र हो ।
राहुल राई र रामेश्वर हुमागाँइको छायांकन, गम्भीर बिष्टको कोरियोग्राफी, नवीन निरौलाको सम्पादन रहेको चलचित्रमा अर्जुन शर्मा, ऋषिराज आचार्य र रामेश्वर धितालको लगानी छ ।
निर्देशक आचार्यका अनुसार फिल्म प्रेम कथामा निर्माण गरिएको छ । प्रेममा पर्दा के–के कुराहरू उत्पन्न हुन्छ भन्ने विषय फिल्ममा देखाउन खोजिएको छ । अभिनेत्री आश्माले आफूले सक्दो मेहनत गरेको बताएकी छिन् ।















प्रतिक्रिया