नयाँ दिल्ली, २५ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी शनिबारै चीन भ्रमणमा जाने भएका छन् ।
केही हप्ता अगाडि चीनको भ्रमण गरेका मोदी छोटो समयमै फेरि भ्रमण गरेर राष्ट्रपति सि जिन फिङलाई भेट्न लागेका हुन् ।
त्यतिवेला उनीहरूबीचमा भएको भेटवार्ताका क्रममा सीमा सम्वन्धी विवाद समाधानका विषयमा नयाँ तरिकाले अगाडि बढ्ने समझदारी भएको थियो ।
विश्वमै चर्चित दुई देशका नेताहरूको भेटवार्ता चिनियाँ सहर चिङदाओमा हुन लागेको साङघाइ कोअप्रेसन अर्गनाईजेसनको अवसरमा हुने भएको हो ।
उनीहरूले दुई पक्षीय हित र आपसी सम्वन्धका बारेमा छलफल गर्ने भारतीय विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।
व्यापार, सुरक्षा, चीनको ‘बेल्ट एण्ड रोड इन्फ्राइस्टकचर प्रोजेक्ट’ लगायतका विषय सो दुई दिने सम्मेलनका मुख्य एजेण्डा रहेका छन् । एएफपी















प्रतिक्रिया