२१ कार्तिक २०८३, शनिबार

राष्ट्रिय अनुसन्धानमा जागिर लगाउने भन्दै ठगी गर्ने पक्राउ

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २४ जेठ । राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिने भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।

आफूलाई राष्ट्रिय अनुसन्धा विभागको अधिकृत हुँ भन्दै काठमाडौँ चन्द्रागिरी नगरपालिका–१२ गुर्जुधाराका पुष्पाकुमारी श्रेष्ठ र उनका दाई नरेन्द्र श्रेष्ठबाट १७ लाख ५० हजार ठग्ने संखुवासभा पाँचखपन नगरपालिका–७ का टंकबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

पुष्पाकुमारीलाई गोदाम तथा पारवहनमा र हरिबहादुरलाई राष्ट्रिय अनुसन्धान विभागको सहायक अनुसन्धान सुचक पदमा सिफारिस गरेको नक्कली कागजात, आयश्रोतको सिफारिस पत्र लगायतका सरकारी कागजातहरु बनाई विश्वासमा पारी ठगेका थिए ।

मुलुकी ऐन ठगी महल अनुसार ठगी गर्ने व्यक्तिलाई कसुरको मात्रा हेरी ५ वर्षसम्म कैद र विगो भराई विगो बमोजिम जरिवाना हुने व्यवस्था रहेको छ ।

साथै मुलुकी ऐन किर्ते कागजको १२ नं. बमोजिम सरकारी अड्डाको छाप वा सरकारी काममा सरकारी कर्मचारीको दस्तखत वा सो छाप दस्तखत भएको सरकारी कागज किर्ते गर्नेलाई १ वर्षसम्म कैद सजाय हुने प्रावधान रहेको छ ।