
काठमाडौं, २४ जेठ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महारागञ्जको आयोजनामा प्रहरी प्रधान कार्यालय, सवारी महाशाखामा संचालित चौथो समूहको मोटरसाईकल आउटराईडर्स उन्नत तालिम बिहीबार समापन भएको छ ।
तालिम समापनका अवसरमा आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक ईञ्जिनियर नरोत्तमलाल प्रधानले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै तालिममा सिकेका ज्ञान, सीपलाई सवारी साधनको सही उपयोग गरी आफ्नो कार्यक्षेत्रमा लागू गर्नुपर्ने बताए ।
कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक मिठ्ठाराम दाहालले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कूल १६ दिन कार्यविधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक १, प्रहरी सहायक निरीक्षक ८, प्रहरी हवल्दार २ र प्रहरी जवान १४ गरी कूल २५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।












प्रतिक्रिया