३० आश्विन २०८३, शुक्रबार

ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ९९ पुग्यो

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ग्वाटेमाला, २४ जेठ । ग्वाटेमालमा भएको भीषण ज्वालामुखी विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या बिहीबार बिहानसम्म ९९ पुगेको समाचार छ ।

बुधबार राति थप व्यक्तिहरुको शव प्राप्त भएपछि उक्त प्राकृतिक प्रकोपमा परी ज्यान जानेको सङ्ख्या ९९ पुगेको बिहीबार जानकारी दिइएको छ । यस प्रकोपको कारण अझै पनि करिब १९८ व्यक्ति वेपत्ता रहेका ग्वाटेमालाको प्रकोप व्यवस्थापन निकायले जानकारी दिएको छ ।

राजधानी शहरनजिकैको एक स्थानमा भएको यो ज्वालामूखी एक शताब्दियताकै शक्तिशाली भएको पुष्टि गरिएको छ । उक्त स्थानमा यस वर्षमात्र दुई पटकसम्म ज्वालामुखी विस्फोट भएको अधिकारीले जनाएका छन् । मङ्गलबार र बुधबार रातिसम्म केही थप शव फेला परेपछि सो सङ्ख्या ९९ पुगेको र अझै ठूलो सङ्ख्याका नागरिक हराइरहेका मध्यअमेरिकी देश ग्वाटेमालाको विपद्सम्बन्धी निकायले जानकारी दिएको छ ।

आइतबार राति भएको यस प्रकोपमा परी कम्तीमा पनि १७ लाख व्यक्ति प्रभावित भएका बताइएको छ । तीमध्ये करिब चार हजारलाई शरणार्थी शिविरमा सारिएको बताइएको छ । सेना र प्रहरीको सहयोगमा उद्धारको काम जारी रहेको बताइएको छ । उनीहरुको सहयोगमा ठूलो सङ्ख्याका स्थानीयलाई पनि अन्यत्रै सारिएको जनाइएको छ । –रासस/एएफपी