२ कार्तिक २०८३, सोमबार

दरौँदी १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २४ जेठ । कालिका गु्रप अन्तर्गत डायमण्ड हाईड्रोपावर प्रालिले प्रवर्द्धन गरेको १० मेगावाट जडित क्षमताको माथिल्लो दरौँदी १ जलविद्युत आयोजनाको वित्तयि व्यवस्थापन सम्पन्न भएको छ ।

जनता बैँक नेपाल लिमिटेडको नेतृत्व र कुमारी बैँक लिमिटेड र सेञ्चुरी कमर्सियल बैँक लिमिटेडको सहभागितामा रु १ अर्ब ३४ करोड ८० लाख परियोजना कर्जाको वित्तीय व्यवस्थापन सम्पन्न भएको हो ।

लगानी सम्बन्धी सम्झौतामा कम्पनीका तर्फबाट निकोलस पाण्डे र कन्सोर्टियम बैँकका तर्फबाट जनता बैंक नेपाल लिमिटेडका काठमाडौं क्षेत्रीय प्रमुख कल्याण विक्रम पाँडेले बिहिबार हस्ताक्षर गरेका छन् ।

आयोजनाको निर्माण लागत रु. १ अर्ब ९२ करोड रहेकोमा कुल लागतको ७० प्रतिशत रकम बैंकहरुले परियोजना कर्जा प्रदान गर्ने छन् । माथिल्लो दरौँदी १ जलविद्युत आयोजना गोरखा जिल्लामा अवस्थित दरौदी खोलामा निर्माण हुनेछ ।

कालिका गु्रपबाट प्रवर्द्धित चालु अवस्थामा रहेको ६ मेगावाट दरौंदी ए को टेलरेसको पानी र दरौंदी खोलामा २० मिटरको बाँधबाँधी १४।९६ क्युसेक पानी करिब २९५० मिटर पाइप, २०२४ मिटर सुरुङ र करिब ७२४ मिटर पेन स्टक पाइपको माध्यमद्धारा विद्युत गृहमा जडित फ्रन्सिस् टरवाइनको माध्यमले विद्युत उत्पादन गरेपछि सम्पूर्ण पानी पुनः दरौंदी खोलामा छोडिने छ ।

परियोजना प्रतिबेदन अनुसार आयोजनाबाट वार्षिक ५ करोड १८ लाख ३२ हजार ८ सय ८८ युनिट विद्युतीय उर्जा उत्पादन हनेछ । उत्पादित उर्जा नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद विक्रि सम्झौता अनुसार न्यू मस्र्याङ्दी सबस्टेसन, तनहुँमा जडान गरिनेछ ।