२१ कार्तिक २०८३, शनिबार

ढिस्कोले पुरिँदा एक जनाको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, २४ जेठ । खानेपानीको ट्याङ्की निर्माण गर्ने क्रममा माटोको ढिस्कोले पुरिँदा बिहीबार एकजनाको मृत्यु भएको छ ।

ढिस्कोले पुरिएर मध्यनेपाल नगरपालिका– ७ इशानेश्वरमा १८ वर्षीय श्यामबहादुर परियारको मृत्यु भएको हो । उक्त घटनामा स्थानीयवासी ५५ वर्षीय माधव अधिकारी र ५६ वर्षीय किमबहादुर नेपाली घाइते भएका प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिनुभयो ।

दुवैजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । इशानेश्वर मन्दीरमा एक सय आठ धारा निर्माण गर्ने क्रममा खानेपानीको टयाङ्कीका लागि खाल्डो खन्ने क्रममा उक्त घटना घटेको हो । –रासस