४ कार्तिक २०८३, बुधबार

मनिषा कोइराला सञ्जय दत्तकी आमा बन्दा

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । २९ जुन, विश्वका हजारौं स्क्रिनमा चल्न लागेको फिल्म हो, सञ्जु । बलिउड अभिनेता सञ्जय दत्तको नीजि जीवनका विषयमा बनेको फिल्ममा अभिनेत्री मनिषा कोइराला नर्गिस दत्तको भुमिकामा छिन् । नर्गिस्, सञ्जयकी रियल लाइफ आमा हुन् ।

‘यो निक्कै खुशी र ठूलो सम्मानको कुरा हो कि म नर्गिस दत्तको भुमिकामा छु’, मनिषाले भनिन्,‘नर्गिस भारतीय सिनेमा बजारका लागि एउटा महान् व्यक्तित्व हो, उहाँको रोल मैले पाउनु मेरो भाग्य हो ।’

विवाह, बिमारी र बलिउड मुलधारबाट विस्तारै पलायन हुन थालेकी मनिषाका लागि बलिउडको अर्को टर्निङ प्वाइन्ट ‘सञ्जु’ हुनसक्छ । निरन्तर फ्लप भइरहेका रणवीर कपुर सञ्जय दत्तको भुमिकामा छन् । उनका लागि पनि यो नयाँ उदयको मौकाका रूपमा हेरिएको छ । किनभने राजकुमार हिरानीको फिल्म हो– सञ्जु ।

मनिषाले नर्गिसको भुमिकाबारे भनेकी छन्,‘म यो रोलमा न्याय गर्न सक्छु जस्तो लागेको थिएन । जब मलाई प्रस्ताव आयो म यकिन थिइन । जब राजकुमार हिरानीलाई भेटें सबै डर र संकोचहरू हराए । यद्यपि मेरो यो अतिथि भुमिका भए पनि निक्कै खुशी छु ।’

मनिषासहितको पोष्टर सार्वजनिक गर्दै हिरानीले ट्वीटमा भनेका थिए,‘यो अर्को पोष्टर सुन्दर मनिषा नर्गिसको रोलमा ।’