काठमाडौं, २४ जेठ । ‘तिमीले पराई ठानेपछि पराई हुन के भयो र…’ यो गीत अञ्जु पन्तको जीवनमा टर्निङप्वाइन्ट ल्याएको गीतका रुपमा चिनिन्छ । तर, गायिका पन्तले काठमाडौंमा आयोजित आफ्नो एकसाँझ कार्यक्रममा गीतका संगीतकारलाई चिनिनन् ।
पन्त अहिलेकी व्यस्त गायिका हुन् । उनले त्यस गीतका संगीतकार सन्तोष श्रेष्ठलाई नचिन्नु स्वभाविक पनि हुन सक्छ । तर, गायिका पन्तले आफ्नो एकल साँझ कार्यक्रममा छानिएका गीतहरू गाएकी थिइन् । ती गीतहरू उनी आफैको रोजाइएका थिए ।
एकल साँझ गर्नु अगाडि ती गीतहरूमा पन्तले रिहर्सलस गरेकी थिइन् । गीतको रचनाकारका बारेमा पन्तलाई थाहा थियो । रचनाकारको नाम पनि लिइन् । तर, पन्तले संगीतकारको नाम अर्कै व्यक्तिको लिन पुगिन् । संयोग नै मान्नुपर्छ पन्तको एकल साँझ हेर्न संगीतकार श्रेष्ठ पनि दर्शक दीर्घाको कुर्सीमा बसेका थिए । रंग पत्रकार र दर्शकहरूले संगीतकारको गलत नाम उच्चारण गरेको भन्दै पन्तको आलोचना पनि गरेका थिए ।
यो प्रसंग यहाँ किन लिइएको हो भने गायिका पन्तले फेरि पनि यस्तै अभद्र र अप्रिय व्यवहार देखाएकी छिन् । उनको कार्यले धेरै पुराना र वरिष्ठ गायक/गायिकाको मन दुखाएको छ । पन्तले आफू वरिष्ठ गायिका भएकाले सम्मान गरेर बोल्नुपर्ने बताउन थालेकी छिन् । पन्तले आफूभन्दा पनि वरिष्ठ सर्जकहरूलाई त्यसरी धम्काएको कुरा बाहिर आएको छ ।
गायिका पन्तले आफूलाई सम्मान गरेर बोल्नुपर्ने भन्दै फोनमा होस् वा प्रत्यक्ष भेटेका बेला धम्काउने गरेकी छिन् । उनको यो धम्कीको सिकार रचनाकार सुरेश घिमिरे पनि भएका छन् । रचनाकार घिमिरे वरिष्ठ गायक एवम् संगीतकार गोपाल योञ्जनसँग काम गरेका सर्जक हुन् । घिमिरेका धेरै गीतहरू अहिले पनि स्रोतको मनमा छाप छाड्न सफल छन् ।
गायिका पन्तको व्यवहारबाट रचनाकार घिमिरे दिक्क भएका छन् । घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा बुधबार स्टाटस् लेखेर पन्तको शैलीको विरोध गरेका छन् । ‘अञ्जु पन्तलाई सबै आदरणीय अग्रज गीतकार गायक अनि संगीतकारले हजुर तपाई भन्नु प¥यो रे ! अञ्जुको माग । जस्तो सुने तेस्तै लेखे मैले’, रचनाकार घिमिरेले भनेका छन् ।
हुन त केही महिना अगाडि पनि गायिका पन्तले वरिष्ठ गायक नरेन्द्र प्यासीलाई पनि अभद्र व्यवहार गरेको गीत संगीतको क्षेत्रमा सुनिएको थियो । त्यस बेला धेरैले यो विषयलाई ध्यान दिएनन् । तर, गायक प्यासीले पन्तका बारेमा कसैलाई नभने पनि पन्तको अभद्र व्यवहार बाहिर आएरै छाड्यो ।
त्यति मात्रै होइन गायिका पनतले नेपाली सेनाका उच्च अधिकृत समेत रहेका वरिष्ठ एरेञ्जर अमूल ढली कार्कीलाई पनि अभद्र व्यवहार गरेको भनेर चर्चा चलेको छ । यसबारेमा एरेञ्जर अमूलले केही भनेका छैनन् । तर, गायिका पन्तले अमूलको पनि चित्त दुखाएकी छिन् ।
अमूललाई नजिकबाट चिनजानेका संगीतकार र गीतकारहरूले यसबारेमा बेलाबेला चर्चा गर्ने गरेका छन् । वरिष्ठ ऐरञ्जर अमूललाई कसैको बारेमा कुरा गर्ने फुर्सद पनि छैन । तर, अमूल जस्ता व्यक्तिलाई कसरी सम्बोधन र सम्मान गर्नुपर्छ भन्ने कुराको हेक्का गायिका पन्तले गर्नुपर्छ कि पर्दैन ? भनेर प्रश्नहरू उठ्न थालेका छन् ।
पन्तलाई गीत संगीतको क्षत्रेमा उनका पूर्वपति मनोजराजले ल्याएका हुन् । मनोजराज हुँदैन थिए भने सायद गीत संगीतको क्षेत्रमा पन्त आउन सक्ने थिइनन् होला । कुनै बेला गीत संगीतको क्षेत्रमा यसरी लागिन् कि, गायिका पन्तले आफ्नो घर परिवार छ भन्ने कुरै भुलिन् । समयमा घरमा नआउने, पतिसँग परामर्श नगर्ने जस्ता दुव्र्यवहारबाट आजित भएका मनोजराजले अन्तिममा पन्तसँग डिभोर्स गर्न पुगेका थिए ।
मनोजराजले अहिले गीतसंगीतको क्षेत्रमा झन् राम्रो गर्दै गएका छन् । उनलाई सबैले सम्मान गर्छन् । कोसँग कसरी सम्बन्ध राख्ने ? कसरी प्रस्तुत हुने भन्ने अनुशासन मनोजराजले सिकेका छन् । पन्तसँग छोरीको जन्म भइसकेपछि पनि मनोजराज सँगै बस्नै सकेनन् । मनोजराजले अहिले दोस्रो विवाह गरेर सानका साथ घरगृहस्थी गरेका छन् ।
तर, गायिका पन्त भने दिनप्रति दिन विवादमा आइरहेकी छिन् । केही वर्ष अगाडि हिन्दूधर्मको भजन गाउँदिन भनेर संगीतकार र रचनाकारको अपमान गरेर फिर्ता पठाइन् । उनले हिन्दूधर्मको भजन गाउँदिन भनेर दिएको अभिव्यक्तिको भिडियो सार्वजनिक भइसकेको छ । हिन्दूधर्म र भजन गाउँदिन भनेर क्रिश्चियनहरूको प्रवचन कार्यक्रममा गायिका पन्तले भनेकी थिइन् । त्यो भिडियो अहिले पनि दैनिक नेपालसँग सुरक्षित छ ।
गायिका पन्त पछिल्लो समय वरिष्ठ सर्जक र संगीतकर्मीको मानमर्दनमा लागेको आरोप धेरै संगीतकार र गीतकारहरूको छ । स्रोतका अनुसार पन्तलाई कुनै गीत गाउनका लागि प्रस्ताव गर्न जाँदा अनौठो व्यवहार खेप्नु परेको छ ।
पछिल्लो समय पन्त धेरै जसो क्रिश्चिनय धर्मको प्रचारमा हिँड्ने गर्छिन् । ती प्रवचनहरूमा पन्तले हिन्दूधर्मको विरोध गर्ने गर्छिन् । उनको यो व्यवहारबाट धेरै शुभेच्छुकहरूको चित्त दुखाएको छ ।
अब त झन् गायिका पन्तले वरिष्ठ रचनाकार र संगीतकारहरूलाई यसरी अपमान गर्न थालेपछि उनको चौतर्फी विरोध सुरु भएको छ । एकजना संगीतकारले भन्छन्, गायिका पन्तले के बुझ्नु पर्छ भने ‘फल लागेको रुख निहूरिन्छ’ भन्ने पुरानो उखानलाई भुल्नु हुँदैन ।
















प्रतिक्रिया