४ कार्तिक २०८३, बुधबार

‘ड्रिम गर्ल’को लक्ष्य दशैँ, यसरी हुँदै छ पब्लिसिटी

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अनुभवी निर्देशक ऋषिराज आचार्यद्वारा निर्देशित फिल्म ‘ड्रिम गर्ल’ले असोज तेस्रो साता रिलिजको लक्ष्य लिएको छ ।

हीअनुसार धमाधम प्रविधिको काम भइरहेको निर्माण पक्षले जनाएको छ । त्यति मात्रै होइन निर्माण पक्षले अहिलेदेखि नै पब्लिसिटीको काम सुरु गरिसकेको छ ।

‘ड्रिम गर्ल’को फष्टलुक समेत सार्वजनिक भइसकेको छ । निर्देशक आचार्यले बिहीबार फिल्मको एउटा गीत सार्वजनिक गरिने बताए । ‘फिल्मको प्राविधिक काम भइरहेको छ’, उनले भने, ‘बिहीबार फिल्मको एउटा गीत सार्वजनिक गर्ने छौँ ।’

‘ड्रिम गर्ल’लाई निर्देशक आचार्यले दशैँको मौका पारेर असोज १९ गते रिलिज गर्ने जनाएका छन् । ‘दसैँमा फिल्म रिलिज गर्ने गरेर तयारी भएको छ’, उनले भने, ‘हाम्रो टिमले राम्रो काम गरेको छ । मेहनतअनुसारको फल पाइनेछ ।’

आचार्यले ‘आफन्त’ नामक सिरियलबाट निर्देशन शुरु गरेका हुन् । यसअघि उनले ‘सपना तिम्रो मेरो’, ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् । बलिउडमा निर्देशनको काम सिकेका आचार्यले आफ्नो सिपलाई नेपाली फिल्ममा देखाउँदै आएका छन् ।

‘ड्रिम गर्ल’मा अर्जुन श्रेष्ठ, बिल्सन बिक्रम राई, आकाश श्रेष्ठ, आश्मा गिरी, सरोज खनाल, शिसिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डितलगायतका नाम चलेका कलाकारहरूको अभिनय छ ।

आरबी मुभिज्को ब्यानरमा बनेको युवापुस्ताको प्रेमकथाको निर्माण भएको ‘ड्रिम गर्ल’को कथा, पटकथा निर्देशक आचार्यकै हो । निर्देशक आचार्यका साथै अर्जुन शर्मा, रामेश्वर धितालको लगानी फिल्ममा छ ।

फिल्मलाई काठमाडौँ, रारा र थाइल्याण्डका बिभिन्न स्थानमा छायाँकन गरिएको निर्देशक आचार्यले बताए । फिल्ममा अर्जुन पोखरेलको संगीत, गम्भीर विष्टको कोरियोग्राफी, राहुल राईको छायाँकन र नवीन निरौलाको सम्पादन छ ।