२ कार्तिक २०८३, सोमबार

गरिमा विकास बैंकले ल्यायो ‘दम्पति बचत खाता’

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ जेठ । ‘सर्वोच्च सम्पत्ति सुखी दम्पति’ भन्ने नाराका साथ गरिमा विकास बैंकले ‘गरिमा दम्पति बचत खाता’ संचालनमा ल्याएको छ । प्रदेश नन्बर १ अन्तर्गत झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानमा स्थापित ८ वटा शाखा कार्यालयको औपचारिक उद्घाटनको पूर्वसन्ध्यामा बैंकले ९ प्रतिशत व्याजदरको नयाँ खाता सञ्चालनमा ल्याएको हो ।

बुधबार झापाको मेची पुलबाट गरिमा विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले सो खाताको सुरुवात गरेका हुन् । नयाँ खातामा उपलब्ध निशुल्क सेवाबाट बैंकमा खाता खोल्नेहरु लाभान्वित हुने बैंकका अध्यक्ष बरालको भनाई छ ।

बैंकमा उक्त खाता खोल्ने ग्राहकहरुले बार्षिक ९ प्रतिशत व्याज प्राप्त गर्नुका साथै एटीएम कार्ड, मोबाईल बैंकिङ सुविधा, सि–आश्वा सुविधा र एविविएस सुविधा समेत निःशुल्क रुपमा प्राप्त गर्ने बैंकले जनाएको छ ।