
काठमाडौँ, २३ जेठ । ग्रिस लगायतका देश तथा युरोपियन क्रुजहरुमा राम्रो काम लगाइदिन्छु भन्दै टर्की पुर्याएर अलपत्र पार्ने एकजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।
विभिन्न प्रलोभनमा पारेर टर्की पुर्याएर अलपत्र पार्दै लाखौँ ठगी गरेको आरोपमा चितवनको साविक वघौडा गाविस ६ घर भएका निरन्जन भट्टराईलाई सीआइबीले मंगलबार काठमाडौँको भृकुटीमण्डपबाट पक्राउ गरेको हो ।
उनले पीडितहरुलाई ग्रिस लगायतका देश तथा युरोपियन क्रुजहरुमा राम्रो काम लगाईदिन्छु भनी टर्की पुगेपछी अस्थायी बसोबास पत्र पाईने, अष्ट्रेलिया, क्यानडा लगायतका देशहरुमा समेत जान मिल्ने र पछि परिवारलाई समेत लान पाईने सपना देखाएका थिए ।
भट्टराईले प्रति महिना ७५० अमेरिकी डलर सम्म तलब हुन्छ भन्ने प्रलोभनमा पारी, नक्कली कागजातहरु देखाई प्रति ब्यक्ति ६ लाख ५० हजार रुपैयाँका दरले रकम उठाई पीडितहरुलाई गैरकानुनी रुपमा टर्की र ईजिप्ट लगायतका देशहरुमा पुर्याई अलपत्र पारेका थिए ।
उनलाई मानव बेचविखन तथा ओसार पसार र ठगी मुद्दामा बुधबार जिल्ला अदालत काठमाण्डौंमा पेश भएकोमा ७ दिनको म्याद थप भई अनुसन्धान भइरहेको सीआइबीले जनाएको छ ।
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ को दफा ३ र ४ को कसुरमा दफा १५ (१) (क) अनुसार मानिस किन्ने वा बेच्नेलाई बीस वर्ष कैद र दुई लाख रुपैया जरिवानाको व्यवस्था रहेको छ ।












प्रतिक्रिया